पर्वत । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका १७ बर्षिय बिमल लामिछाने १४ दिन देखी बेपत्ता भएका छन् । दुई हप्ता बिती सक्दा समेत छोरा सम्पर्कमा नआएपछि बालकका आमाबुबा र आफन्त चिन्तीत बनेका छन् । भवानी विद्यापीठ मा.वि. खानीगाउँमा कक्षा १२ मा अध्ययनरत लामिछाने भदौ १४ गते साँझ साथीको घरमा जाने भन्दै निस्किएका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

१४ गते बेलुका सम्पर्कमा आएका लामिछाने अहिलेसम्म फेला नपरेको उनका बुवा बिक्रम लामिछानेले जानकारी दिनुभयो । अचनाक बेपत्ता भएपछि बालकको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयमा समेत निवेदन दिएको र प्रहरीले समेत खोजी कार्य जारी रहेको बताएको छ ।

‘साथी विदेश जाँदै छ भनेर घरवाट निस्केको हो । उनका बुवा लामिछानेले भन्नुभयो,आमाले फोन गर्दा पनि सोही कुरा भनेछ, पछि बैनीलाईलाई फोन गरेर आज घर आउँदिन, भोली आउँछु भन्दै फोन काटेछ ।

’ घरबाट बेपत्ता भएको केही घण्टासम्म छोराको मोबाइलमा फोन लागेपनि त्यसपछि स्विच अफ भएका कारण बालकको अवस्था थाहा पाउन पुस्किल परेको परिवारले जनाएको छ ।

सम्भव भएसम्मका सबै स्थानमा खोजी गरेको र सबै प्रयास जारी रहेपछि कुनै खबर नमिलेकाले देख्नुहुने समाजिक सञ्जाल प्रयोगकर्तासम्म सेयर गरिदिन उनका आमा बाबुले अपिल गरेका छन् । यो तस्वीर देख्नेले यस्तै ब्यक्ति कतै देखेमा नजिकको प्रहरीलाई खबर गरिदिन उनीहरुको अपिल छ ।

सम्बन्धित खबरहरु