काठमाडौ । हिजो देखि चर्चामा रहेको पर्यटनमन्त्री योगेश भट्टराई प्रकरण अहिलेसम्म सकिएको छैन । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही जसलाई कतिपयले राजावादीको रुपमा पनि लिने गरेका छन् । उनीसहितको टोलीले मन्त्रीमाथि हातपात गर्ने प्रयास गर्नुका साथै दुव्र्यवहार गरेको विषयले चर्चा पाएको हो । मन्त्रीका कारण बुद्ध एयरको प्लेन नेपालगञ्जबाट एक घण्टा ढिला गरी काठमाडौं उडेको भन्दै उनीहरुले विरोध जनाएका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तर यता मन्त्रीले भने एक घण्टा नभई १५ मिनेट जस्तो भएको बताउँदै आउँनु भएको छ । यस घटनाले पर्न गएको असरप्रति हिजो नै मन्त्रीले माफि माग्नु भएको छ । यस विषयमा कलाकारहरुले पनि आफ्नो धारणा राखेका छन् । सामाजिक सञ्जालमा हास्य कलाकार मनोज गजुरेलले यस्तो लेखेका छन्, ‘भिआईपिहरुको कारण जनताले दुःख पाउनु कदापि राम्रो होईन ।

त्यसमाथि नेता, मन्त्रीजस्तो संबेदनशिल पदमा बस्नेले यस्ता बिषयमा धेरै ध्यान पुर्याउनु पर्दछ नत्र जनताले प्रतिकार गर्छन । तर, दुःख दिनु नियत हो वा परिस्थितिजन्य बाध्यता हो, छुट्याउन पनि सक्नुपर्छ । आश लाग्दा नेता तथा माननीय पर्यटनमन्त्री योगेश भट्टराई प्रतिको दुव्र्यवहार ज्यादै दुःखद छ । सदाचार र सुशासनको वकालत गर्नेहरु पहिला आफु शिष्ट हुनुपर्छ ।

विरोध प्रतिकारको शैली अराजक, हिंस्रक र अमर्यादित हुनुहुन्न । यस्तो अभद्रताले कानुनी राज्य र सभ्य समाजको खिल्ली उडाउछ । यस्तो संस्कारले नेता, मन्त्रीमात्र होईन, भोली जो पनि अपमानित, अपहेलित त असुरक्षित हुने अवस्था आउन सक्छ । नेता, मन्त्री, अभियन्ता, नागरिक सबैले बानी सुधारौं, हाम्रो देश र हामी जनताको भलो त्यसैमा छ ।’ यस्तै अर्का हास्य कलाकार केदार घिमिरे माग्नेबुढाले पनि यस विषयमा आफ्नो धारणा राखेका छन् ।

यस्तो छ उनको स्टाटस, ‘बुद्ध एयरमा योगेशले बुद्धत्व प्राप्त गरेछन् , आफ्नो गल्ती महसुस गरेर गालि गर्दापनि हाँसेरै बसेछन् । ज्ञानेन्द्र शाहीले बढि आबेगमा आएर मर्यादा बिर्सेछन् । हाउजाजले कहिले हामिलाई पर्खिन्छ । कहिले हामिले पर्खिनुपर्छ । चलेको चलन । अब योगेशले सधैँ समयको ख्याल गर्नुहुनेछ र यसरी नम्बर घटाउने काम गर्नुहुनेछैन भन्ने अपेक्षा गरौं ।’

अर्का चर्चित हास्य कलाकार राजा राजेन्द्र पोखरेलले, ‘मन्त्रीलाई गाली गर्ने हिम्मत गर्नेलाई बधाई तर ज्ञानेन्द्र भाइ तिमीले फर्काउने राजतन्त्रमा मन्त्रीलाई प्रश्न सोध्नेसम्म हक हुन्न ।’ भन्दै लेखेका छन् । यस्तै पछिल्लो समय गायिकाको परिचय बनाएकी मीना ढकालले पनि यस विषयमा आफ्नो धारणा राखेकी छिन् । उनले लगातार २ वटा स्टाटस राख्दै शाहीको विरोध गरेकी हुन् । ढकालका २ स्टाटस हेर्नुहोस, ‘छि । संस्कार भन्ने चिज पनि केही हुनुपर्छ । देशको मन्त्री हुन इज्जत त दिन जान्नु पर्छ, जनताले चै जे गर्दा हुने हो र ?

केही कामले ढिला भयो होला, आकाश त खसेको थिएन त अनि एयरलाइन्स ले जैले घन्टौ ढिला गर्दा चाइ लुरुक्क परेर कुर्नु सिबाय विकल्प हुन्न । एयर्पोर्टमा घन्टौ कुर्नु पर्छ । मन्त्री माथी खनिनु दुव्र्यवहार गर्न खोज्नु यस्तो प्रवृत्तिलाई बढवा दिनु गलत हो । मन्त्री सबै गलत नै हुन्छन भनी सोच्नु गलत हो । तिल लाई पहाड बनाउने प्रवृति गलत हो । स्मरण रहोस म कुनै दलमा आवद्ध छैन ।’

उनले अर्को स्टाटसमा भनेकी छिन्, ‘हतारमा गलत बुझिएछ । संस्कृती तथा पर्यटन मन्त्रीको कारणले जहाज १५ मिनट ढिलो हुदाँ नेपाल र नेपालीका आशा र भरोसाका धरोहर,माननीय योगेश भट्टराई माथी सुनियोजित आक्रमण गर्ने त नागरिक होइनरैछ । त्यस्ता अराजक प्रवृत्ति संस्कार प्रती खेद छ । यस्तो दुव्र्यवहार अत्यन्तै निन्दनिय छ ।’

सम्बन्धित खबरहरु