काठमाडौं । प्रहरीलाई दुव्र्यवहार गरेको भन्दै हिरासतमा पुगेका ज्ञानेन्द्र शाही रिहा भएका छन् । भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका शाही ललितपुर प्रहरीको हिरासतबाट रिहा भएका हुन् । उनलाई गल्ती सुधार्ने शर्तमा रिहा गरिएको ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङले जानकारी दिनुभयो ।

आइतवार पुल्चोकमा गरिएको पत्रकार सम्मेलनका क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनलाई हिरासतमा लिइएको थियो । पत्रकार सम्मेलनका क्रममा युट्युबरहरुसँग हात हालाहाल भएपछि प्रहरीले उनलाई सुरक्षाका लागि लगेको थियो । त्यस क्रममा एकजना प्रहरीलाई चोट समेत लागेको थियो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यसपछि प्रहरीले अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको थियो । पर्यटनमन्त्री योगेश भट्टराईको आग्रहमा शाहीलाई प्रहरीले मुद्दा नचलाइ रिहा गरेको हो । मन्त्री भट्टराईमाथि नेपालगञ्जमा गरेको दुव्र्यबहारका कारण तनाब उत्पन्न भएको हो ।

दुई दिनअघि पर्यटनमन्त्री योगेश भट्टराईका कारण नेपालगञ्जबाट काठमाडौँ आउने बुद्ध एयरको जहाज डिले गराएको भन्दै गालीगलौज र हातपात प्रयास गरेका शाहीलाई केही जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको राष्ट्रिय युवा संघ नेपालले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु