काठमाडौ । पछिल्लो समय लाइफ ड्यामेज बाबाको रुपमा चर्चामा आएका अघोरी बाबाले आफुलाई गलत तरिकाले प्रयोग गरिएको गुनासो गरेका छन् । उनले आफुलाई प्रयोग गरेर धेरैले लाखौं करोडौं कमाएको भए पनि आफुलाई भने कुनै पनि लाभ नभएको आरोप लगाएका छन् । उनले अब अन्तरवार्ता लिनका लागि पहिले १ लाख फि तिर्नुपर्ने बताएका छन् । अहिलेको समयमा पैसा भन्दा अरु कुनै कुरा महान नभएको भन्दै उनले अब कुराकानीका लागि नभई पैसाका लागि अन्तरवार्ता गर्ने बताएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आफुमा क्षमता भएको भन्दै अब आफुलाई भाइरल भइरहनुपर्ने आवश्यक नभएको उनले दावा गरेका छन् । धेरैले आफुलाई इमान्दार देखेर ठगेको भन्दै अब आफुले कुनै पनि युट्यब च्यानललाई अन्तरवार्ता नदिने खुलासा गरेका छन् । अब आफुले मौका पाएमा चलचित्र, विज्ञापन, स्टेज शो लगायत अन्य व्यापारिक क्षेत्रमा काम गर्ने तर आफुलाई लाभ नहुने खालको अन्तरवार्ता नदिने बताएका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

सम्बन्धित खबरहरु