काठमाडौ । यस वर्षको बडादशैंको टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि निर्धारण अति उत्तम रहेको खुट्याईएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गौतमले विजयी दशमीको दिन देवी विसर्जन गर्ने साइत भने २१ गते बिहान ८ बजेर ४५ मिनेटका लागि निर्धारण गरिएको जानकारी दिए ।

यस वर्ष असोज १२ गते ९आइतबार०देखि नवरात्र शुरु हुने छ । नवरात्रको पहिलो दिन घटस्थापना गर्ने साइत बिहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ ।

घटस्थापनाको दोस्रो दिन असोज १३ गते नेपाली सेनाको झण्डा फेर्ने साइत तोकिएको छ । अध्यक्ष गौतमका अनुसार सेनाको झण्डा फेर्ने साइन बिहान १० बजेर २५ मिनेटमा तोकिएको छ । पश्चिम दिशातर्फ फर्किर झण्डा झण्डा फेर्दा उत्तम हुने गौतमले बताए ।

यस्तै, १६ गते पचली भैरवको यात्रा र १८ गते फुलपातीको समय बिहान ८ बजेर ५२ मिनेटको लागि तय गरिएको गौतमले जानकारी दिए । १९ गते आइतबार महाअष्टमी र कालरात्री शुरु हुने छ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।

यो बर्ष दशै बिदा जम्मा पाँच दिन छ । त्योपनि १८ गते फूलपाती यसैपनि शनिबार छ । त्यसपछि २२ गते एकादशीका दिनसम्म मात्र बिदा रहेको छ । यसरी हेर्दा दशैमा ४ दिन मात्र विदा छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु