काठमाडौ । हिन्दु नेपालीहरुको महत्वपुर्ण चाड दशैं आउँन अब केही हप्तामात्रै बाँकी छ । यो बीचमा नेपाल राष्ट्र बैंकले हरेक वर्ष नयाँ नोट बजारमा पठाउने गर्दछ । यो वर्ष असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने बैंकले जानकारी दिएको छ ।

सटही सुविधाका लागि ठाउँ व्यवस्थापन गर्न कठीन भएर यो वर्ष केही ढिला भएको राष्ट्र बैंकका प्रवक्ता एवम् मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौला बताउनुहुन्छ । विगतमा राष्ट्र बैंकको थापथलिस्थित कार्यालयबाट नोट सटही सुविधा दिँदै आइएको थियो । यो वर्ष भने बालुवाटार कार्यालयबाट यस्तो सुविधा दिन लागिएको छ ।

थापाथलिमा नयाँ भवन निर्माण कार्य चलिरहेकाले बालुवाटारबाट सटही सुविधा दिन लागिएको हो । बालुवाटार साँघुरो ठाउँ भएकाले कसरी व्यवस्थापन गर्ने भन्नेमा बैंक दोधारमा परेको छ । राष्ट्र बैंकले सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरका सय–सय थान नोट सटही सुविधा दिने छ ।

यसरी बढीमा १८ हजार ५ सय रुपैयाँ नयाँ नोटको सटही सुविधा दिने र बढी पैसा आवश्यक हुनेले पुराना तर सफा नोट पाउने बैंकले स्पष्ट पारेको छ । यस वर्षको दशैं असोज महिनाको २१ गते पर्न गएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु