काठमाडौ । सोलुखुम्बुमा हेलिकोप्टर चढेका एक जना विदेशी पर्यटकको मृत्यु भयो । ७ जना बिरामी परे । सोलुखुम्बु भ्रमणमा आएका केन्याका ३३ वर्षीय गोविंद लखमनको मृत्यु भएको हो। गएको आइतबार माहाकुलुङ गाउँपालिका–१, थाङ्नेस्थित मेरा गेष्ट हाउसमा बसेको अवस्थामा बिरामी भई उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही गेष्ट हाउसमा बसेका अन्य ७ जना पर्यटकसमेत बिरामी परेका छन्। मृतक र बिरामी सातैजना विदेशी पर्यकटसहित १ जना गाइडलाई उद्धार गरी आइतबार बिहान साढे ६ बजे कैलाश र एयर डाइनेस्टीको हेलीकोप्टरद्वारा काठमाडौं पठाइएको थियो ।

तर बिरामी लिएर उडेका हेलिकोप्टर खराब मौसमका कारण काठमाडौं अवतरण गर्न नसकेपछि काभ्रेमा आकस्मिक अवतरण गर्न बाध्य भए । त्यसपछि मौसम खराबको समयमा आकस्मिक उडानका बारेमा नेपाल वायु सेवा प्राधिकरणले हेलि चालकलाई तालिम दिने भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु