काठमाडौ । आज साताको चौथो दिनसम्म पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारदेखि सुनको मूल्य स्थिर रहेको छ । सोमबारदेखि सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सुनको मूल्य स्थिर भए पनि चाँदीको मूल्यमा भने परिर्वतन आएको छ । अनुसार सोमबार र मंगलबार प्रतितोला ८ सय ६५ रुपैयाँ स्थिर चाँदीको मूल्य बुधबार भने तोलामा ५ ले बृद्धि भएर प्रतितोला ८ सय ७० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु