काठमाडौं । समयसमयमा आफ्ना ग्राहकहरुलाई नयाँ नयाँ सेवा दिदैं आएको नेपाल टेलिकमले संविधान दिवसको अवसरमा पनि नयाँ अफर दिएको छ । नेपालमा सबैभन्दा धेरै ग्राहक भएको टेलिकमले नयाँ अफरबारे जानकारी दिएको हो ।

टेलिकमले आज एक विज्ञप्ति जारी गर्दै जम्मा १ सय रुपैयाँमा ३ जिबी डाटा प्याक दिने योजना सार्वजनिक गरेको छ ।

उक्त डाटा प्याक लिएर लगातार तीन दिनसम्म प्रतिदिन १ जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाइनेछ । यो अफर असोज १ (आज) गतेदेखि १५ गतेसम्म उपभोग गर्न पाइने छ ।

उक्त सुविधा लिनका लागि स्टार १४१५ स्टार ३ ह्याज डायल गरि ३ डि १ जि लेखेर १४१५ मा एस्एमएस् पठाएर अथवा नेपाल टेलिकम एपमार्फत पनि उक्त लिन सकिने जानकारी दिइएको छ । यो सँगै दशैं तिहारलाई लक्षित गरेर पनि नयाँ अफरहरु ल्याउने योजना बनाइरहेको टेलिकमले जानकारी दिएको छ ।

 

सम्बन्धित खबरहरु