काठमाडौं । सर्वोच्चले फैसला गर्न ढिलाई गर्दा शिक्षकहरु अन्यौलमा परेका छन् । सर्वोच्च अदालतमा मुद्दा दायर गरेका शिक्षक लाइसेन्स विज्ञापन खारेजीको मुद्दाको पेसी फेरि सरेको छ ।

भाद्र ३१ गते तोकिएको पेशी पुन असोज ५ गतेलाई सरेको हो । बहस सकिएर फैसला अन्तिम फैसला असोज ५ हुने जानकारी दिइएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले शिक्षक लाइसेन्स विज्ञापन खारेजीको माग गर्दै गत साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

भदौं २२ गते नै बहस सकिएर फैसला सुनाउने अन्तिम तयारी भइरहँदा न्यायधीस र मुद्दा दर्ता गरेका एकजना शिक्षकबीच नाता सम्बन्ध देखिएपछि २४ गते फैसला सरेको थियो ।

भदौं २२ गते सुनाउने तय भएको फैसला भदौं २४, भदौ २९, भदौं ३१ र अहिले असोज ५ गरी चार पटकसम्म सरेपछि शिक्षकहरु चिन्तामा छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

असोज ९, १० र ११ गतेलाई तय भएको शिक्षक लाइसेन्सको परीक्षा खारेज गर्न दायर मुद्दाको फैसला परीक्षा सम्पन्न भइसकेपछि हुने हो कि भन्ने शंका गर्न थालिएको छ ।

आफूले पढ्दै नपढेको र पढाउँदै नपढाएको विषयमा परीक्षा लिन लागेको भन्दै कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुको तर्फबाट माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले विज्ञापन खारेजीको माग राख्दै मुद्दा दायर गरेको थियो ।

सम्बन्धित खबरहरु