बीर बहादुर वली । लामो समय देखि बलियो सरकारको पर्खाइमा बसेका नेपालीहरुले वर्षौपछि दुई तिहाइको बलियो सरकार पाएका छन् । सरकार गठन भएको वर्ष दिन पुरा भएर पनि महिना दिन वित्नै लागेको छ । अघिल्लो पटक प्रधानमन्त्री भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सुनाएका योजनाहरु धेरैलाई अनौठो लाग्ने खालका थिए ।

नेपालको आफ्नै रेल, पानी जहाज, पाइपलाइनबाट ग्याँस लगायतका कुराहरु दाउरामा खाना पकाउदै आएका हामीलाई अनौठो लाग्नु कुनै नौलो कुरा होईन । अघिल्लो कार्यकालमा जनतालाई सपना देखाए पनि काम गर्ने अवसर भने जुरेन किनभने त्यो दुई तिहाइको जनताले खोजेको बलियो सरकार थिएन् ।

नेपालको प्रमुख समस्या भनेको नेपाल सरकार लामो समय देखि भारतको एस म्यान भएर काम गरिरहेको छ भन्ने हो जुन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेको कार्यकालमा नै स्पष्ट पारिसक्नु भएको थियो कि नेपाल सरकार भारतको एस म्यान होईन । त्यसका लागि ओलीले नाकाबन्दीका समयमा देखाएको दृढता र साहसलाई धेरै नेपालीहरुले राम्रोसँग मुल्याङकन गरेका छन् ।

भारतले नेपालका केही राजनीतिक दलहरुले नाकाबन्दी लगाएको भने पनि त्यो बेलाको सरकारले भारतलाई अन्तराष्ट्रिय रुपमा पनि नङ्ग्याउने प्रयत्न गर्यो । त्यस भुमिकामा तत्कालिन प्रधानमन्त्री ओली र त्यो बेलाका परराष्ट्रमन्त्री कमल थापाको भुमिकालाई जनताले भुलेका छैनन् ।

कमजोर सरकार भए पनि प्रधानमन्त्री ओलीको अठोटले नेपाललाई झुक्न दिएन् । आखिर भारत आफैंले नाकाबन्दीलाई फिर्ता लिन बाध्य भयो । भारतको संसदमा स्वर्गीय भारतीय विदेशमन्त्री लगायत अन्य नेताहरुले पनि यो कुरा उठाएका थिए । भारतका प्रमुख मिडियाहरुले नेपालका प्रधानमन्त्रीले ‘भारतले यु'द्ध भन्दा ड'रलाग्दो’ अवस्था सिर्जना गरेको भन्दै ब्याख्या गर्ने गरेका थिए । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा पनि भारतीय रवैयाको नेपालले खुलेरै विरोध जनाएको कुरा प्रमुखताका साथ आएको थियो ।

यो बीचमा नेपालले के कुरा थाहा पायो भने भारत मात्रै नेपालको मित्र होईन । भारतले सीमा क्षेत्रमा गर्ने ज्याजतीले पनि नेपाली जनताको नजरमा भारत असल मित्र हुन सकिरहेको थिएन । अघिल्लो कार्यकालमा नै ओलीले चीनसँगको सम्बन्ध विस्तारमा विशेष पहल गर्न सफल हुनुभयो । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा गरेका बाचाहरु अहिले आएर विस्तारै असरदार हुन थालेका छन् । नेपालमा रेल आएको कुरा पनि सत्य हो ।

पाइपलाइनबाट नेपालमा पेट्रोलियम पर्दाथ आउँन थालेको केही हप्ता मात्रै भएको छ । अब खाना पकाउने ग्याँस पनि पाइपबाट जनतालाई दिने सरकारले योजना बनाइरहेको छ । पानी जहाज चलाउने कुराहरु पनि भइरहेका छन् । रेलको कुरा पनि व्यवहारमा आउन थालेको छ । नेपालले अन्तरिक्षमा आफ्नो स्याटलाइट पनि पठाएको छ ।

भारत र चीनले नेपाललाई विशेष महत्वका साथ हेर्न थालेका छन् । अहिले नेपालले बोलेका कुराहरु विश्वका धेरै देशहरु सुन्न चाहान्छन् । अहिले भारतले नेपाललाई हेप्ने तरिकाले भन्दा पनि सम्मानका साथ एक असल मित्रको रुपमा हेर्न थालेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री भएपछि नेपालका प्रधानमन्त्री ओलीलाई शपथग्रहण समाहोरमा बोलाएका थिए ।

हालै भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आएपछि चिनियाँ विदेशमन्त्री वाङ यी पनि नेपाल आउनु भएको थियो । अब नेपालमा चिनियाँ राष्ट्रपति सि जीन पिङ आउँने चर्चा भइरहेको छ । चर्चा भए अनुसार भारतीय प्रधानमन्त्री मोदी पनि नेपाल आउँने चर्चा सुरु भइरहेको छ । नेपाल विस्तारै हरेक कुराहरुमा आत्मनिर्भर हुँदै गइरहेको छ ।

सरकारले हालैं पाइपबाट तेल ल्याउने भनेर गरेको निर्णयले नेपाललाई वार्षीक करोडौं लाभ हुने अनुमान गरिएको छ । नेपालतर्फ ३६ दशमलव २ र भारततर्फ ३३ किलोमिटर गरी कूल ६९ दशमलव २ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भई यसअघि परीक्षणका रूपमा पाइपबाट डिजेल ल्याइसकिएको छ ।

यो दक्षिण एशियामै पहिलो अन्तरदेशीय (क्रस बोर्डर) पाइपलाइन परियोजना हो । पाइपलाइनबाट डिजेल, पेट्रोल ल्याउन थालेपछि यसको प्रविधिबाट सम्पूर्ण सूचना (विवरण) नियन्त्रण कक्षमा जानकारी हुने प्रणाली विकास गरिएको छ । कति आएको, चुहिएको, रोकिएको वा कुनै अवरोध भएमा त्यसको सूचना कम्प्युटर प्रणालीमा जानकारी हुनेछ । ओलीको कार्यकालमा नेपालले चीन र भारतसँग समान सम्बन्ध राख्न सफल भएको छ ।

यो बाहेक जनताका आधारभुत आवश्यक्ता शिक्षा, स्वास्थ्य, यातायात, विद्युतका क्षेत्रमा पनि नेपालले उल्लेख प्रगति गर्न सफल भएको छ । विद्युत त नेपाल अन्य देशहरुमा बेच्ने हैसियतमा पुगेको छ । नेपालको पानी खाडीमा बेच्ने चर्चा पनि भइरहेको छ ।

यी सबै कुराहरुको जग बसेको भए पनि सफल हुन केही वर्ष लाग्ने कुरा नर्कान मिल्दैन । जनताको शान्ति सुरक्षाका लागि देश भित्र र बाहिर भएका शक्तिहरुसँग सरकार कडा रुपमा प्रस्तुत हुँदै आइरहेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु