काठमाडौ । एनसेलले प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ । जसअन्र्तगत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवा फाइदा लिन सक्नेछन् । १ असोजदेखि लागू हुने यो योजनाअन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँचवटा प्लान रहेका छन् । यी प्लानअन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसबाहेक, यी प्लानअन्तर्गत ग्राहकले अन नेट अर्थात् एनसेल नेटवर्क भित्रभ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । यो योजनाको प्रमुख विशेषता भनेको प्रत्येक प्लानमा बन्डलिग गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने सुविधा रहेको पनि एनसेलले जनाएको छ । ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताका लागि विशेष रूपमा तयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् ।

ग्राकहले करसहित २५४ दशललव १० मा १ जिबी डेटा भोल्युम र करसहित मात्र १ दशमलव २८ प्रति मिनेटमा एनसेल नेटवर्कभित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका साथै प्लानअन्तर्गतको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमा ग्राहकले करसहित मात्र ८९ दशमलव ३८ मा थप १ जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवाको मजा लिन सक्नेछन् ।

प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र १ दशलमव १५ प्रतिमिनेट अन नेट भ्वाइस सेवा ३८१ दशमलव ७९ मा सुचारु गर्न सक्नेछन् । यसका साथै प्लानअन्तर्गतको डेटा भोल्युम समय सीमा अगाडि नै सकिएमा ग्राहकले मात्र १२७ दशमलव ६९ मा थप २ जिबी प्याक सुचारु गर्न सक्नेछन् । आफ्नो आवश्यकताअनुसार ग्राहकले पाँचमध्ये कुनै पनि एक प्लान लिन सक्नेछन् ।

यस योजनाअन्तर्गत ग्राहकका लागि ६ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान७९९ पनि रहेका छन् । ग्राहकले ६३७ दशमलव १७ मा प्लान ४९९ लिन सक्छन् । यो प्लानमा मात्र १ दशमलव ०२ प्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जिबी डेटाको प्याक १९१ दशलमव ५४ मा खरिद गर्न सक्नेछन् ।

त्यस्तै, प्लान ७९९ अन्तर्गत १०२० दशलमव २४ मा १५ जिबीका साथै ८९ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र भ्वाइस सेवा लिन सकिन्छ । यो प्लानमा भएको डेटा भोल्युम समयावधि अगावै सकिएमा ग्राहकले मात्र ३८३।०७ रुपैयाँमा थप ७ जिबी डेटा भोल्युम लिन सक्नेछन् ।

मासिक रूपमा बढी डेटाको आवश्यकता रहेका ग्राहकका लागि एनसेलले प्लान ९९९ पनि ल्याएको छ । यसअन्तर्गत ग्राहकले मात्र १२७५ दशमलव ६२ मा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । उतm प्लानमाभएको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमा प्लानमा रहेका ग्राहकले मात्र ५१० दशमलव ७६ मा थप १० जिबी डेटा खरिद गर्न सक्नेछन् ।

हरेक प्लानअन्तर्गतको डेटा भोल्युम र सेवाको प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँचमध्ये कुनै पनि प्लान सुचारु गर्ने ग्राहकले करसहित मात्र शून्य ६४ मा एनसेल नेटवर्कभित्र एसएमएस पठाउन सक्नेछन् ।

त्यसैगरी, थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ । ग्राहकले एस्ट्रिक्स ३०२ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन् । यस योजनामा समावेश गरिएका थप डेटा प्याक खरिद गर्न ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्लानअनुसारको डेटा लिन सक्नेछन् ।

आफ्ना ग्राहकका लागि ग्राहककै आवश्यकताअनुसारको डेटा, भ्वाइस र एसएमएस बन्डलिङसहितको प्लान ल्याउन पाएकोमा कम्पनीले खुसी व्यक्त गरेको एनसेलले जनाएको छ । यस योजनामा भएका कुनै पनि प्लान सुचारु भएपछि हरेक महिना स्वतः नवीकरण हुनेछ ।

प्लान नवीकरण हुनका लागि ग्राहक मोबाइलमा प्लानअनुसारको चाहिने ब्यालेन्स हुनुपर्दछ । मेन ब्यालेन्स प्लान नवीकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रतिमिनेट करसहित २ दशमलव ५४ र एसएमएस सेवा करसहित प्रतिएसएमएस १ दशमलव २८ मा प्रयोग गर्न सक्नेछन् । यो योजना लागू भएको दिनदेखि ३ महिनाको लागि मान्य हुनेछ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु