काठमाडौ । अहिले एउटा तस्वीरले सबैको आँखा रसाएको छ । यो तस्वीर भारतको राजस्थानको कोटा शहरको हो । जहाँ निरन्तर परेको बर्षाका कारणले गर्दा त्यहाँका शहरका कैयौँ क्षेत्रमा १० फीट सम्म पानी भरीएको छ ।
कान्स्टेबल राकेश मीणा ड्यूटीमा जानलागेका बेला उनले केहि दूरीमा दुई बच्चालाई पानीमा डुबिरहेको देखे । उनी एउटा ट्यूब लिएर पानीमा गए । उनले ति बच्चाहरुलार्इ बचाएका थिए । यो तस्वीर अहिले संसारभरी सेयर भइरहेको छ । उनलाई सबैले सल्यूट भन्दै लेखिरहेका छन् ।
कोटा बैराज बाँधबाट पानी छोड़ेका कारणले शहरका धेरै बस्तिहरुमा पानी भरीएको छ । कोटाको लाडपुरा खाई रोड मुख्य बाजारका एसडीआरएफ टीमले रेक्स्यू अप्रेशन चलाएको छ । कोटाको कुन्हाडी बापू बस्तीमा पनि पानी भरीएको छ र त्यहाको शासनले पुरै इलाका खाली गरेको छ र त्यहाका बासिन्दा सुरक्षित स्थानमा लगिएको छ ।
झालावाडको खंडियाको नजिकमा रहेको सिटी फोरलेनमा पुरै पानी भरीएको छ । यसलाइ हेर्न त्यहा मान्छेको भीड लागेको छ । बून्दी जिल्लाको केशवरायपाटनको नजिक रहेको बीरजमा चन्बल नदीमा पानीको बहाब बढेर २५ फीट माथि आएको छ ।