काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारको खुलेरै आलोचना गर्नुभएको छ । सरकार विकास निर्माणका काममा सुस्त र भ्रष्टाचारमा चुस्त भएको आरोप उहाँको छ ।

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बिहीबार सदनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताउनु भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

संसदमा बोल्दै उहाँले भन्नुभयो, ‘वर्तमान सरकार विकास निर्माणमा सुस्त र भ्रष्टाचारमा चुस्त देखिएको छ ।

वाइडबडी जहाज, बालुवाटार जग्गा प्रकरण यसका उदाहरण हुन् ।’ उहाँले सरकारले जनताको शान्ति सुरक्षा गर्न नसकेको समेत उहाँको आरोप छ ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत बाँकेको खजुरामा भएको कार्यक्रममा आक्र'मण हुँदा सरकार र प्रहरी मुकदर्शक बनेको भन्दै उहाँले यसको पनि विरोध गर्नुभएको हो ।

अब के अब शान्तिपूर्ण कार्यक्रम गर्न नपाइने हो ? भन्दै देउवाले सरकारर्लाइ प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा जिल्ला नेताको हात भाँचिएको छ ।

नेकपा कार्यकर्ताले आक्र'मण गर्दा किन प्रहरी प्रशासन चुप बस्यो ? प्रहरी नेकपा वा कसैको कार्यकर्ता होइन ।

उसको काम शान्ति सुरक्षा गर्ने हो । तर त्यो किन भएन ?’ उहाँले जनताको करबाट तलब खाने प्रहरीले कार्यकर्ताको जस्तो व्यवहार गरेको भन्दै विरोध जनाउनु भएको छ ।

देउवाले बजार मूल्य बढेकोप्रति सरकार गम्भीर नभएको भन्दै आपत्ति जनाउनुभयो ।

सम्बन्धित खबरहरु