काठमाडौं । ससुराको खेतमा पानी पठाउन गएका विदेशी ज्वाँईको मृत्यु भएको छ । खोलामा डुबेर भारतीय ज्वाँईको मृत्यु भएको हो । पर्साको कालिकामाई गाउँपालिकास्थित सिक्टा खोलामा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको जानकारी दिइएको छ ।

भारत बेतिया जिल्ला बेलबनिया बस्ने ३५ बर्षीय पिन्टु कुमार साहको मृत्यु भएको हो । उनी कालिकामाई–१ मुर्ली बस्ने गंगा साहको ज्वाँई भएको बताइएको छ । ससुरा गंगाको खेतमा सिक्टा खोलाबाट पम्पसेट लगाई पानी निकाल्ने क्रममा बुधबार मध्यान्न डुबेर मृत्यु भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पिन्टु खोलामा डुबेको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली गएको थियो । प्रहरी टोलीले घटना स्थल, लाश जाँच मुचुल्का लगायत प्रारम्भीक अनुसन्धान गरेको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाई थप आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु