काठमाडौं । त्रिभुवन विश्व विद्यालयले परीक्षा फारम सम्बन्धी अत्यन्तै जरुरी सुचना जारी गरेको छ । त्रि.वि मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डिनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सन्चालित शैक्षिक बर्ष २०७४/७५ को बिसिए कार्यक्रम अन्र्तगत चौथो सेमेस्टरको सत्रान्त परिक्षा कार्यक्रम मिति २०७६ साल कार्तिक २० गते बाट सन्चालन हुने भएकाले सम्बन्धित सबै विद्यार्थीहरुलाई मिति २०७६ साल असोज १० गते सम्म आ–आफ्नो क्याम्पसमा परिक्षा फारम भर्नका लागि सुचित गरिन्छ ।

साथै सम्बन्धित क्याम्पस,विभागहरुले फारमहरु रुजु गरि अङ्ग्रेजी वर्णानुक्रम अनुसार मिलाई प्रति विद्यार्थी रु २५०० का दरले बुझाएको सक्कल बैंक भौचर र आन्तरिक मुल्याङ्कन सहित अनिवार्य रुपले यही असोज मसान्तभित्र यस कार्यालयमा पठाउँन समेत अनुरोध गरिन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु