काठमाडौं । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारब'म ह'मलामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ ।

[caption id="" align="aligncenter" width="1600"] File Photo[/caption]

यस घटनामा परी अन्य ८५ जना घाइते भएका जाबुल प्रान्तका गभर्नरले एएफपी समाचार समितिलाई जानकारी दिनु भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अफगानिस्तानको जाबुल प्रान्तमा तालिबानी लडाकू समूहले गरेको यो पछिल्लो हिं'सात्मक घटना हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक अमेरिकी सेनाबाट फिर्ता लिने सम्बन्धमा तालिबानसँगको वार्ता समाप्त गरेपछि हिं'सा बढेको पाइएको छ ।

आज बिहान जाबुलको कलाट शहरमा भएको कारब'म राष्ट्रिय सुरक्षा निर्देशालयलाई लक्षित भएको बताइएको छ । उक्त ह'मलामा सोही स्थानमा अवस्थित रहेको जाबुलको क्षेत्रीय अस्पताल नष्ट भएको बताइएको छ ।

जाबुल प्रान्तका प्रान्तीय परिषदका प्रमुख अता जान हकबायानले भने उक्त घटनामा २० व्यक्तिको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएको बताउनु भएको छ ।

ब'म वि'ष्फोटको तालिबान लडाकू समूहका प्रवक्ता, कारी यसुफ अहमदीले दाबी गरेका छन् । उनका अनुसार यस आक्र'मण राष्ट्रिय निर्देशनालयबिरुद्ध भएको हो ।

यसै हप्ताको शुरुमा राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका दुई ओटा वि'स्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रपति घानीको चुनावी अभियानलाई विथोल्ने उद्देश्यबाट गराइएको यस वि'स्फोटमा परी मारिने र घाइते हुनेमा महिला तथा बालबालिकासमेत रहेका थिए । एएफपी

सम्बन्धित खबरहरु