परासी । मिठाई खानुभन्दा पहिले यो पढ्नुहोस् । जसले तपाईलाई समेत अचम्बित पार्नेछ ।

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्नेगरी सामग्री बिक्री गरेको आरोपमा जिल्लास्तरीय संयुक्त बजार अनुगमन समिति पश्चिम नवलपरासीले बुधबार दुईजनालाई पक्राउ गरेको छ । एक उद्योगमा सिलबन्दी गरेको छ ।

पक्राउ पर्नेमा पानी उद्योग र मिष्ठान पसलका व्यवस्थापक छन् । रामग्राम नगरपालिका–१५, हकुईमा सन्चालित साई वाटर इन्डस्ट्रिजले विभिन्न ‘ब्रान्ड’का जारमा खाद्य ऐनविपरीत पानी भरेर बिक्री गर्ने गरेको पाइएको बजार अनुगमन समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले बताए ।

उक्त उद्योगले आधुनिक स्वचालित प्रविधिबाट पानी उत्पादन गर्नुपर्ने भएपनि प्लास्टिकको कालो ट्यांकीमा जम्मा गरेर राखिएको पानी सामान्य फिल्टरबाट भरेर बिक्री गर्ने गरेको पाइएको हो ।

उद्योगका सन्चालक सुशीला गुप्ता र किरण बनियाँ हुन् । अनुगमनकाक्रममा सन्चालकहरु फेला नपरेपछि उद्योगमा सिलबन्दी गरेर व्यवस्थापक सुनिलकुमार गुप्तालाई पक्राउ गरिएको छ । पक्राउ परेका गुप्तालाई बयानका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवामा पठाइएको छ ।

फोहोर पानी बग्ने ढलमाथि भान्छा

त्यसैगरी, फोहोर पानी बग्ने ढलमाथि भान्छा बनाएर मिठाइ तथा नास्ता बनाउँदै आएको सदरमुकाम परासीस्थित ऋद्धिसिद्धि मिष्ठान भन्डारका व्यवस्थापक राजन हलुवाईलाई पक्राउ गरिएको छ । उक्त मिष्ठान भन्डारले सेतो मटरलाई हरियो बनाउन केमिकल प्रयोग गरेर राखेको पाइएको छ ।

पक्राउ परेका हलुवाईलाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ गरिएको छ । उनीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने संयुक्त बजार अनुगमन समितिले जनाएको छ । अनुगमनकाक्रममा सबैभन्दा बढी म्याद नाघेका पेयपदार्थहरु बरामद गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

सम्बन्धित खबरहरु