कैलाली । धनगढी उप–महानगरपालिका वडा नम्वर ११ घोडसुवामा पूर्व प्रेमीकालाई भेट्न गएका र सहयोगी गरि दुई जनालाई गाउँलेले समातेर प्रहरीलाई बुझाएका छन्। घोडसुवाकी विवाहित युवतीलाई भेट्न गएका कञ्चनपुर कृष्णपुर नगरपालिका वाणीका राजेश डगौरा र उनलाई सहयोग गर्न गएका कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ११ का विरेन्द्र चौधरीलाई गाउँलेले समातेर प्रहरीको जिम्मा लगाएका हुन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

ति युवतीसंग विगतमा डगौराको प्रेम सम्वन्ध रहेको र उनलाई भेटन जाँदा गाउँलेले बाँधेर राखेको अवस्थामा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएको प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनीमाथि कुटपिट समेत गरिएकोले अहिले उपचार भईरहेको उनले जानकारी दिए।

यता घोडसुवाका स्थानीयले भने युवतीलाई अपहरण शैलीमा लैजान खोजेपछि समातेर प्रहरीको जिम्मा लगाएको बताएका छन्। उनीहरुले विरेन्द्र चौधरी प्रहरी भएको समेत दावी गरेका छन्। स्थानीय नेपालु चौधरीले दुवै जना विरुद्ध यौन दुव्र्यवहार, अपहरण र शरिर बन्धकमा मुद्धा दिने तयारी भईरहेको बताए। युवतीको विवाह २०७५ जेठमा भएको थियो। डगौरा पनि विवाहित हुन्।

 

सम्बन्धित खबरहरु