काठमाडौं । पछिल्लो समय हरेक सामाजिक विषयहरुमा आफ्नो आवाज बुलन्दै गर्दै आएकी चर्चित नायिका श्वेता खड्का समाजसेवामा व्यस्त छिन् । उको कामलाई धेरैले तारिफयोग्य भन्दै आएका छन् । उनले आफ्नो लगानीमा नै धेरै रकम जोहो गर्दै आएकी छिन् । अहिले नेपालमा मागेर सामाजिक काममा लाग्नेहरुको संख्या बढ्दै गएको बेला उनको यो कार्य धेरैका लागि उदाहारण हो । उनले एक्लो प्रयासले एउटा माझी वस्ती निर्माण गरेकी छिन् ।

[caption id="" align="aligncenter" width="720"] अभिनेत्री श्वेता खड्का प्रधानमन्त्री केपी शर्मा ओलीसँग[/caption]

उनले हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले भनेकी छिन् , ‘हिजो , सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओली ज्युसँग भेट्ने शुभ अवसर जुर्यो । भेटका अवसरमा सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीको बारेमा कुरा भयो । भेटका क्रममा उहाँले प्रकट गर्नु भएको सकारात्मक बिचार र द्रुढ इक्ष्याशक्ती र देखेर म त दङ्ग भएँ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रधानमन्त्री ज्युबाट प्राप्त हौसला र उत्साहरुपी उर्जाका शब्दहरुले म भित्र भिन्नै जाँगर थपिदिएको छ । ५३ घर माझी परिवारका लागी एउटा सुन्दर बस्ती बनाउने यो अभियानमा सबै तह , सबै तप्का र सबै पक्षलाई जोड्ने मेरो प्रयास जारी छ । लौन त , राजनैतिक द्रेश र अतिवादी सोचलाई पैताला मुनी कुल्चिएर सामाजिक बिकासको पाटोमा हामी सबैले साझा पाईला चाल्ने कि !’ उनको यो कार्यको सबैले खुलेरै प्रशंसा गरिरहेका छन् ।

सम्बन्धित खबरहरु