काठमाडौं । सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी ‘प्रतीक्षा’ लाई सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सोको जानकारी दिनु भएको हो ।

मन्त्री बाँस्कोटाकाअनुसार महासेनानी अधिकारीलाई सरकारले सहायक रथी विशेष पद (चार वर्षका लागि)सिर्जना गरी सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको हो ।

अधिकारीलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो । शान्ति प्रक्रियाको केही काम अझै टुंगोमा पुग्ने अवस्थामा रहेकाले मनोबल गिर्न नदिन सरकारले यस्तो निर्णय गरेको बुझिएको छ । यो समाचार नेपाल समाचारपत्रमा छ ।

सम्बन्धित खबरहरु