काठमाडौं । आज नेपाली जनताले आफ्ना लागि आफैंले संविधान जारी गरेको ४ वर्ष पुरा भएको छ । संविधान निर्माणमा अहिलेका दल र नेताहरु नै मुख्य भुमिकामा रहेका थिए । स्वर्गीय प्रधानमन्त्री शुशील कोइराला, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनी तत्कालिन सभामुख सुवास चन्द्र नेम्वाङले महत्वपुर्ण भुमिका खेलेका थिए ।

आज नेपालमा संविधान जारी भएको चौथो वर्षगाँठमा उत्सव मनाइदैछ । नयाँ बिचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको अभिभारा भएको भन्दै अध्यक्ष प्रचण्डले शुभकामना व्यक्त गर्नुभएको छ ।

चौथो संविधान दिवसका अवसरमा शुभकामना जारी गर्दै अध्यक्ष प्रचण्डले जतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरु सक्रिय रहेको भन्दै त्यसको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध हुन अनुरोध गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानका खातिर जीवनोत्षर्ग गर्ने नेपाली आमाबुबाका सर्वोत्तम छोराछोरी महान् सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसक्रममा बेपत्ता भएका योद्धा र घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट उहाँले गर्नुभएको छ । संविधानका लागि महान् जनयु'द्ध, ऐतिहासिक जनआन्दोलन, जनजाति, मधेसलगायत विभिन्न आन्दोलनमा सहभागी जनसमुदायमा कृतज्ञता व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको भन्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको स्पष्ट पार्नुभएको छ ।

फरक कुरा के भने केही दलहरु संविधान जारी भएको दिन देखि नै संसोधनको माग राख्दै आएका थिए । आज पनि उनीहरुले यस दिनलाई कालो दिवसका रुपमा मनाउने बताएका छन् ।

सम्बन्धित खबरहरु