काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बिहीबार रात भएको गो'लीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते व्यक्तिहरुमा एक महिला र चार पुरुष रहेका घटना स्थलमा प्रहरी कमाण्डरले पत्रकारहरुलाई बताउनु भएको छ । सो गो'लाबारीमा परी गम्भीर घाइते भएका व्यक्तिहरु नजिकैको अस्पतालमा लगिएको छ ।

ह्वाइट हाउसबाट करिब ३ किलोमिटर टाढा रहेको कोलम्बिया हाइट्समा स्थानीय समयनुसार बिहान १० बजे गो'ली प्रहार भएको प्रहरीले जनाएको छ ।

अमेरिकी राजनीतिज्ञहरूले यस वर्षमा धेरै आम गो'लीबारीपछि बन्दुक राख्न पाउने विषयका कानुनहरू संशोधन गर्न छलफल गरिरहेका छन् । अमेरिकाका विभिन्न ठाउँमा भएका गो'लीकाण्डमा दर्जनौं मानिस मारिएका छन् । सिन्ह्वा

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु