काठमाडौं । नेपाली राजनीतिमा सोझो र इमान्दार छबि बनाएका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीमाथि गम्भीर आरोप लागेको छ । उहाँले आफु सांसद भएको बेला पदको दुरुपयोग गर्दै गम्भीर गल्ती गरेको खुल्न आएको छ । उहाँमाथि आफ्ना दुई नातिका बाबु आमा नै परिवर्तन गरिदिएको आरोप लागेको छ ।

तीन पटक सांसद हुनु भएका उहाँले आफू संविधानसभाको सभासद भएको बेलामा कानुन छलेर जेठा छोरा सचित्र केसीतर्फका दुई छोरा सचित र सचिनलाई कान्छा छोरा विष्णु केसीका छोरा बनाइदिएको खुल्न आएको छ । कानुन अनुसार यो अप'राध हो । यो घटना २०६७ माघ ५ गतेको भएको बताइएको छ । सोही दिन प्रशासनले पत्तै नपाई चित्रबहादुरका जेठा छोरा सचिन तर्फका दुई छोरा कान्छा छोरा विष्णुतर्फका सन्तानमा परिणत भएका हुन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

झुटो विवरणको आधारमा सचित र सचिनको बाबु आमा नै बदल्न चित्रबहादुर आफैँ खटिनु भएको पनि खुलासा भएको छ । त्यो बेला सचित १२ र सचिन ६ वर्षका थिए । जापान मोहका कारण गैरकानुनी रुपमा दुई बालकको आमा बाबु नै बदलिएको खुल्न आएको छ । चित्रबहादुरका कान्छा छोरा विष्णु अहिले जापानमा हुनुहुन्छ । चित्रबहादुरले दुई नातीलाई जापान पठाउने मोहकै कारण उनीहरुका आमाबाबु नै फेरेको रहस्य बाहिर आएको हो ।

अर्को तिर जनमोर्चाकी प्रवक्ता तथा सांसद दुर्गा पौडेलले यो ठूलो विषय नभएको दाबी गर्नुभएको छ । तर, अधिवक्ता स्वीकृति बरालका अनुसार नाबालिग प्रमाणपत्र नागरिकता समान नै हुन्छ । चित्रबहादुरबाट भएको कामले नेपाली नागरिकता ऐन २०६३ मा रहेको दफा ११५ आकर्षित हुने उहाँको ठहर छ ।

उक्त दफाअनुसार कसैले नेपाली नागकिरताको झुटो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजारदेखि १ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु