काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले विगतका फोटोहरूप्रति क्षमायाचना गर्नुभएको छ । लिवरल पार्टीका नेतासमेत रहनुभएका ट्रुडोले निर्वाचन नजिकिदै गर्दा बिहीबार पुरानो फोटोलाई लिएर क्षमा याचना गर्नुपरेको हो ।

क्यानडामा अर्को महिना आम निर्वाचन हुन लागेको छ । उहाँ त्यस निर्वाचनपछि दोस्रो कार्यकाल सम्हाल्ने तयारीमा हुनुहुन्छ । उहाँको पुरानो फोटोले उहाँले अहिले तानवमा पार्नुका साथै नैतिक दवावमा समेत पारेको समाचारमा जनाइएको छ ।

उहाँ २०–२१ वर्षको हुँदा खिचिएका तस्बिर हाल सार्वजनिक भएका छन् र त्यसमा उहाँले अनुहार तथा हातमा कालो रंग पोतेको देखिएको छ । ट्रूडोको त्यो फोटोले उहाँ विगतमा रंगभेदी हुनुहुन्थ्यो भन्ने पुष्टि गरेको विपक्षीको आरोप छ ।

त्यही फोटोलाई लिएर विपक्षीहरूले उहाँका विरुद्धमा चुनावी माहौल तयार पार्ने प्रयास गरेका छन् । उहाँले आफ्नो विद्यार्थीकालमा अभिनयका लागि ‘बिषयबस्तु’ को रुपमा प्रयोग गरेको स्वरुपलाई विपक्षीहरुले दुरुपयोग गरेको उहाँको भनाई छ ।

उहाँले यस्ता तस्वीर अरु पनि हुन सक्ने र त्यसबाट आफूलाई लज्जित बनाएको पनि बताउनु भएको छ । तर तस्वीरमा देखिएजस्तो र व्याख्या गरिएजस्तो रंगभेदी आपूु नभएको उहाँको दावी छ ।

उहाँले सन् २०१५ मा प्रधानमन्त्रीका रुपमा शपथ लिएपछि आफ्नो मन्त्रीमण्डलमा आधा महिला, तीनजना शिख समुदायका व्यक्ति तथा दुईजना आदिबासी समुदायका व्यक्तिलाई समावेश गर्नु भएको थियो । सिन्हवा

सम्बन्धित खबरहरु