आजै देखि लागु हुने गरी यति धेरै घट्यो खाना पकाउने ग्यासको मुल्य


काठमाडौं । हिन्दु नेपालीहरुको महान पर्व दसैंको मुखैमा नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य कम गराएको छ । निगमले प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको जानकारी दिएको छ ।

File Photo

भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूचि अनुसार समायोजन गर्दा यहाँ पनि मूल्य घटेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो ।

हिजो राति १२ बजे देखि लागु हुने गरी खाना पकाउने ग्यास र हवाइ इन्धनको मुल्य घटाएको हो । बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रतिसिलिन्डर २५ रुपैयाँ घटाउने निर्णय गरेको भन्दै प्रवक्ता गोइतले भने, ‘नयाँ मूल्य शुक्रबार (हिजो) राति १२ बजेदेखि लागू हुनेछ ।’

हाल खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ७५ रुपैया पर्छ । नयाँ मूल्य अनुसार प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ पर्ने भएको छ । निगमले हवाई इन्धन अन्तर्राष्ट्रिय उडान तर्फको बिक्री मूल्यमा पनि समान्य थपघट गरेको छ ।

भ्रमण बर्षलाई सहयोग पुर्याउन हवाई इन्धन(अन्तर्राष्ट्रिय)तर्फ प्रतिकिलो लिटर ५० अमेरिकी डलर घटाइएको छ । उहाँले भन्नुभयो, ‘प्रति किलोलिटर १०५० अमेरिकी डलरबाट १००० अमेरिकी डलर कायम गरेका छौ ।’

यो सँगै सर्वसाधारणलाई खाना पकाउने ग्यासमा ठुलो सहुलियत मिल्ने भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा भर्खरै स्नातकोत्तर तहको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविमा उत्तरपुस्तिका नै साटेपछि…
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग


एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल