काठमाडौं । नेपाल भुकम्पको उच्च जोखिम भएका देशहरुमा पर्दछ । समयसमयमा भुकम्पका धक्क महसुस हुने गरेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्र भएर गएको महा भुकम्पपछि नेपालले ठुलो क्षति व्यहोर्नु परेको थियो ।

[caption id="" align="aligncenter" width="1024"] सांकेतिक तस्बिर[/caption]

 

यो सँगै लगातार भुकम्पका धक्काहरु आइरहेका छन् । यो बीचमा आज गोरखा केन्द्रबिन्दु भएर बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ । विज्ञका अनुसार भुकम्पलाई लिएर डराउनुपर्ने अवस्था नभए पनि सचेत चाँही हुनुपर्ने आजको आवश्यक्ता हो ।

जानकारी अनुसार शक्तिशाली भुकम्पपछि सानासाना भुकम्पका धक्का वर्षौसम्म आइरहन्छन् । नेपालमा पछिल्लो समय आइरहेका पराकम्पन पनि १२ बैसाख २०७२ को असर भएको भन्ने बुझिएको छ ।

सम्बन्धित खबरहरु