काठमाडौं । निदाएका बेला सास फाल्दा वा तान्दा मुख बाट किसिम किसिमका घुर् घुर् आवाज निकाल्नु लाई हामी घुर्नु भन्छौं । महिला भन्दा पुरुषहरु बढ्ता घुर्ने गर्छन् । प्रायः गरेर मोटो मान्छे मा देखिने यो समस्या बुढ्यौली लाग्दै जाँदा बढ्दै जान्छ । तर कतिपय दुब्ला मान्छेहरु पनि घुर्ने गर्छन् ।

स–साना बालबालिकाहरु पनि घुर्छन् तर त्यो घुराई सुत्न अफट्यारो भएकाले हुन सक्छ । घाँटी मा दवाव परेर हुन सक्छ । सुत्ने तरीका मिलाइदिनासाथ उनीहरु घुर्न पनि छाड्छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यसै गरी ठूला मान्छे पनि कहिलेकाहीं सुत्न अफट्यारो भएकै कारण वा घाँटी मा अल्पकालीन समस्या भएका कारण घुर्ने गर्छन् । यो त्यती ठूलो समस्या होइन ।

तर सुत्यो कि घुर्ने समस्या चाहिं ध्यान दिनुपर्ने कुरा हो । त्यसरी घुर्दा सँगै वा एउटै कोठा मा सुतेको साथी लाई असहज हुने मात्र होइन स्वयंको पनि निद्रा मा व्यवधान हुन्छ । सँगसँगै यो घाँटी का अन्य समस्या को संकेत पनि हुन सक्छ । झण्डै ४५ प्रतिशत मानिस मा घुर्ने समस्या देखिएको छ ।

घुर्नु का कारणहरु
सास फेर्दा घाँटी मा अवरोध भयो भने पनि घुर्न सकिन्छ भने नाक बाट सास फाल्न अवरोध भयो र मुख बाट सास फाल्नु पर्यो भने पनि घुर्न सकिन्छ । घुर्नु का कारणहरु यसप्रकार छन् –

नाक मा भएको अवरोध ः कुनै एलर्जी वा साइनस मा भएको समस्या चिसो ले गर्दा नाक बन्द हुनुका कारण नाक बाट सास आवतजावत गर्दा अवरोध भयो भने घुर्न सकिन्छ ।

सुतेका बेला जिब्रो र घाँटी का मांसपेशीहरु खुम्चेर बस्छन् । यदि मादक पदार्थ सेवन गरिएको छ वा निद्रा लाग्ने औषधि खाइएको छ भने ती मांसपेशीहरु चाहिने भन्दा धेरै खुम्चन्छन् जसले गर्दा घुरेको आवाज निस्कन्छ ।

बढ्ता मोटाउँदै जाँदा घाँटी को मांसपेशी पनि चाहिने भन्दा धेरै बढ्न सक्छ जसले गर्दा सुतेका बेला श्वासप्रश्वास मा अवरोध हुन गई घुरेको आवाज आउन सक्छ ।

बच्चाहरुका हक मा यदि टन्सिल बढेको छ वा एडेन्वाइड ठूलो छ भने घुर्ने सम्भावना हुन्छ । घाँटी मा झुण्डिएको उपजिह्वा बढी लामो भयो वा सुन्नियो भने पनि श्वासप्रश्वास मा यही उपजिह्वा कम्पित भई घुरेको आवाज निस्कन सक्छ ।

घुर्नुले हुने समस्या
सधैंभरि घुर्ने मानिस लाई निद्रा पातलो हुने रोग लाग्न सक्छ । जसलाई स्लीप एप्निया भनेर चिनिन्छ । जसले गर्दा –
गहिरो निद्रा पर्दैन । जसले गर्दा बेला बेला मा ब्यूँझिराख्ने समस्या पर्दछ ।

मुटु को चाल सँगै रक्तचाप पनि अनियमित हुन सक्छ । मुटु को आकार ठूलो बन्न सक्छ । रक्तचाप नाक मा भएको अवरोध स् कुनै एलर्जी वा साइनस मा भएको समस्या का कारण नाक बाट सास आवतजावत गर्दा अवरोध भयो भने घुर्न सकिन्छ ।

सुतेका बेला जिब्रो र घाँटी का मांसपेशीहरु खुम्चेर बस्छन् । यदि मादक पदार्थ सेवन गरिएको छ वा निद्रा लाग्ने औषधि खाइएको छ भने ती मांसपेशीहरु चाहिने भन्दा धेरै खुम्चन्छन् जसले गर्दा घुरेको आवाज निस्कन्छ ।

बढ्ता मोटाउँदै जाँदा घाँटी को मांसपेशी पनि चाहिने भन्दा धेरै बढ्न सक्छ जसले गर्दा सुतेका बेला श्वासप्रश्वास मा अवरोध हुन गई घुरेको आवाज आउन सक्छ ।

बच्चाहरुका हक मा यदि टन्सिल बढेको छ वा एडेन्वाइड ठूलो छ भने घुर्ने सम्भावना हुन्छ । घाँटी मा झुण्डिएको उपजिह्वा बढी लामो भयो वा सुन्नियो भने पनि श्वासप्रश्वास मा यही उपजिह्वा कम्पित भई घुरेको आवाज निस्कन सक्छ ।

घुर्नु को उपचार
घुर्नु को उपचार स्वयं ले घर मै गर्न सकिन्छ । घुर्नु लाई कम गर्ने विभिन्न यन्त्रहरु को विकास गरिएको छ तर तिनले अरु किसिम का समस्या थपेको प्रयोगकर्ता बताउँछन् । आँफैले गर्न सकिने सुधार का केही उपायहरु यसप्रकार छन् –

सुत्ने तरीका परिवर्तन ः उत्तानो परेर सुत्नु भन्दा कोल्टे परेर सुत्दा कम घुर्न सकिन्छ । उत्तानो परेर नसुतियोस् भन्नका लागि आफ्नो सुरुवाल वा कट्टु को पछाडी टेनिस बल बाँध्नु उपयुक्त हुन्छ ।

मोटो हुनुहुन्छ भने मोटापा घटाउने प्रयास गर्नुहोस् । मोटोपन घट्दै जाँदा घाँटी को मांसपेशी पनि घट्ने र श्वासप्रश्वास मा अवरोध कम हुने हुन्छ ।

  • मादक पदार्थ सेवन नगर्नुहोस् ।
  • सक्रिय जीवनशैली अपनाउनुहोस् ।
  • सिरानी बदल्नुहोस् । कहिलेकाहीं सुतिरहेको सिरानी मा भएका एलर्जेनहरु घुर्नुका कारण हुन सक्छन् ।
  • नियमित र यथेष्ट पानी पिउनुहोस् ।

माथी भनिएका सम्पूर्ण उपाय अपनाउँदा पनि घुर्ने समस्या मा कमी आएन भने डाक्टर को सल्लाह लिनु उचित हुन्छ ।
डाक्टर ले कुनै अन्य उपाय ले घुर्ने समस्या कम नभएमा सानो शल्यक्रिया गरेर श्वासप्रश्वास मा हुने अवरोध हटाउने प्रयास गर्न सक्छन् ।

सम्बन्धित खबरहरु