काठमाडौं । नेपाली समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने परम्परागत धारणा रहेको पाइन्छ । पितृसतात्मक सोचमा कारण पनि यस्तो रहेको पाइन्छ ।

युवतीहरु पनि आफुभन्दा बढी उमेरका पुरुषसँग दाम्पत्य जीवन चानान्छन् । प्रेम गर्दा होस् या विवाह गर्दा, आफुभन्दा बढी उमेरका पुरुषसँग गर्न चाहन्छन् ।

किनभने अक्सर युवतीहरु पुरुषबाट सुरक्षा खोज्छन् र उनीहरु आफ्नो जीवनसाथी आफूभन्दा परिपक्क होस् भन्ने चाहन्छन् । त्यसैले उनीहरु आफुभन्दा बढी उमेरका पुरुषसँग सम्बन्ध बस्न मन पराउँछन् ।

श्रीमान् र श्रीमतीको उमेर बराबर विरलै पाइन्छ प्रायजसो श्रीमानको भन्दा श्रीमतीको उमेर कम नै हुन्छ । तर, कति बढी हुने भन्ने कुनै सीमा छैन । कोही श्रीमान ,श्रीमती २ बर्षका जेठो,कान्छो हुनसक्छन् भने कतिपयको त १५,१६ बर्षको उमेर अन्तर हुनेगर्छ ।

यस किसिमको उमेर अन्तरले दाम्पत्य सुखमा केही प्रभाव पार्छ , किनभने विवाह एक यस्तो सम्बन्ध हो, जसमा श्रीमान् र श्रीमतीबीच तालमेल हुन जरुरी हुन्छ, नभए त प्रेमले जोडिएको यो सम्बन्धमा खटपट आउन थाल्छ ।

जर्जिया एटलान्टाको एमोरी युनिभर्सिटीको अध्ययनकर्ताले यसै सम्बन्धमा एक अध्ययन गरेको थियो जसमा ३ हजार दम्पतीले भाग लिएका थिए । त्यस अध्ययनको ध्येय थियो कि, के कारण दाम्पत्य जीवन लामो समयसम्म सुमधुर रहन्छ ।

अध्ययनका क्रममा उमेर, जाति, पढाई, रोजगार, धर्म, आय, परिवारमा सदस्य संख्याको जानकारी लिइएको थियो । यस किसिमको डाटाबाट अध्ययनलाई भरपर्दो बनाउनका लागि रिलेशनसिप र प्रेमको दृष्टिबाट निष्कर्ष निकाल्न सहज भएको थियो ।

त्यो अध्ययन वास्तवमा सफल र लामो सम्बन्धका लागि पार्टनरबीचको एज ग्यापले कुनै अर्थ राख्छ कि राख्दैन भन्नका लागि गरिएको थियो । उक्त अध्ययनमा प्राप्त गरिएको जानकारीलाई तीन भागमा विभाजन गरिएको थियो ।

एक बर्षभन्दा कम उमेर अन्तर भएका दम्पतीको जीवन सुखमय हुन्छ र उनीहरुमा सम्बन्ध विच्छेद गर्ने संभावना अत्यन्तै कम हने गर्छ । जुन दम्पतीको उमेर अन्तर पाँच बर्षको छ, उनीहरुको ब्रेकअप हुने संभावना १८ प्रतिशत रहने बताइएको छ ।

जसको दम्पतीको उमेर अन्तर १२ बर्षभन्दा बढी छ, उनीहरुको सम्बन्ध विच्छेद हुने संभावना एक दमै धेरै हुने अध्ययबाट पत्ता लागेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु