काठमाडौं । दाङमा भएको मोटरसाईकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरु घोराही उपमहमानगरपालिका वडा नं.९ का २५ वर्षीय मनोज विक र घोराही उपमहमानगरपालिका वडा नं. ५ धर्नाका २५ बर्षकै दीपक विक रहेका छन् ।

[caption id="" align="aligncenter" width="900"] File Photo[/caption]

हिजो राति घोराहीवाट तुलसीपुरतर्फ जाँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ सिमेन्टको पिलरमा ठोक्किदा दुर्घटना भएको हो । उनीहरु दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो राति नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु