सडक दुर्घटना अपडेट : चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु


काठमाडौं । अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन नेसनल पार्क नजिकै उनीहरु चढेको बस शुक्रबार दुर्घटनाग्रस्त भएको थियो ।

राजमार्ग गस्ती टोलीका अनुसार दुर्घटना भएको बसमा ३० जना यात्रु रहेका थिए । टोलीले चार जनाको मृत्यु भएको र अरु १२ देखि १५ जना गम्भीर घाइते भएको जनाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

घाइतेहरुलाई उपचारका लागि घटनास्थल नजिकै रहेको अस्पतालमा भर्ना गरिएको छ । कतिपय जटिल घाइतेलाई भने एम्बुलेन्स मार्फत् अन्यत्र लगिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय समय अनुसार बिहान ११ः३० मा ब्रायस कान्योन देखि ५।६ किलोमिटर टाढा बस दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटना भएको दुई मिनेटपछि आफूहरुलाई फोन आएको गस्ती टोलीका अधिकारीहरुले जनाएका छन् । घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको उनीहरुको भनाइ छ । अमेरिकाको एक स्वतन्त्र निकाय राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ । सिन्हवा

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
स्नातक तहको नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर