खाडीमा तनाव थप बढ्यो : अमेरिकाले साउदीमा सैनिक थप्दै अत्याधुनिक हति’यार तैनाथ गर्यो


काठमाडौं । संयुक्तराज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने शुक्रबार घोषणा गरेको छ । साउदी अरेबियाका महत्वपूर्ण तेल प्रशोधन केन्द्रहरुमा आक्र’मण भएपछि अमेरिकाले उक्त कदम चाल्न लागेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको केही घण्टा नबित्दै सैनिक संख्या बढाउने निर्णय सार्वजनिक भएको हो । अमेरिकाले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रहरुमा इरानले ड्रोन मार्फत आक्र’मण गरेको आरोप लगाउँदै आएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको केन्द्रीय बैंकमाथि नै प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको छ । इरानमाथि तत्कालै सैन्य कारबाही गर्ने योजना नभए पनि अर्को मुलुक विरुद्ध यो सबैभन्दा ठूलो कारबाही हो ।

अमेरिकी अर्थ विभागले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रमा गरिएको आक्र’मणमा संलग्न रहेको भन्दै इरानी केन्द्रीय बैंकमाथि नै प्रतिबन्धको घोषणा गरिएको जनाएको छ । साउदी तेल उद्योगमा आक्र’मण भएलगत्तै विश्व बजारमा एकाएक तेलको मूल्य वृद्धि भएको थियो ।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले गत जुनमा इरानले अमेरिकी गुप्तचर ड्रोन खसालेयताका हरेक कार्यहरु अमेरिका र यसका गठबन्धन विरुद्ध केन्द्रित भएको बताउनुभयो । उहाँले साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सको आग्रहमा खाडी क्षेत्रमा थप अमेरिकी फौज पठाउन लागेको जानकारी दिनुभयो ।

रक्षामन्त्री एस्परले अमेरिकी सेना आक्रा’मक कारबाहीका लागि खाडी क्षेत्रमा पठाउन लागिएको भए पनि उनीहरु हाल मुख्य रुपमा हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा केन्द्रित हुने बताउनुभयो ।

तर अमेरिकी संयुक्त सैन्य प्रमुख जो डन्फोर्डले खाडी क्षेत्रमा पठाइने सैनिक संख्या एक हजारको हाराहारीमा मात्र रहने स्पष्ट गर्नुभयो । कतिपयले राष्ट्रपति ट्रम्पले इरान विरुद्ध युद्ध नै शुरु गर्ने अनुमान गरेपनि अमेरिकी नीति एकाएक फेरिएको थियो ।

गत जुनमा इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि तत्काल इरान विरुद्ध कारबाही गर्न राष्ट्रपति ट्रम्पले आदेश दिए पनि अन्तिम क्षणमा उक्त आदेश फिर्ता लिनुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट एकपक्षीय रुपमा अलग हुँदै इरान विरुद्ध कडा प्रतिबन्धहरु घोषणा गर्नुभएको थियो । एएफपी

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
स्नातक तहको नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर