काठमाडौं । हामीले सुनेका छौं कि विभिन्न कथा कहानीहरुमा मान्छेका सिङ पलाएको हुन्थ्यो रे । तर भारतको मध्यप्रदेशमा चाहिँ साँच्चिकै मान्छेको टाउकोमा सिङ पलाएको घटना बाहिर आएको छ ।

मध्यप्रदेशको सागर जिल्लामा पर्ने रहली गाउँमा बस्ने ७४ वर्षका श्यामलाल यादवको टाउकोमा केही वर्षअघि एउटा सिङ पलाएर बढ्दै गएको थियो । हालै शल्यक्रिया गरी उक्त सिङ काटिएको छ ।

केही वर्षअघि टाउकोमा चोट लागेसँगै उनको टाउकोबाट सिङ पलाएको र त्यो बढ्दै गएको श्यामलालले बयान दिएका छन् । उनले टाउकोमा पलाएको सिङ सानो छँदै धेरै पटक काटेका पनि थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनी काट्दै तर त्यो बढ्दै जान थाल्यो । त्यसपछि उनले डाक्टरकहाँ गएर देखाए । तर त्यसको शल्यक्रिया उपचार गर्न धेरै रकम लाग्ने बताएपछि उनी पछाडी हटेका थिए ।

अन्त्यमा स्थानीय एक अस्पतालमा उनको हालै शल्यक्रिया भयो र डाक्टरहरुले उनको टाउकोबाट सिङ काटेर निकाल्न सफल भएका छन् । उनलाई भएको समस्यालाई चिकित्साको भाषामा सेबासियस हर्न भनिन्छ र यो एकदमै दुर्लभ रोग हो । एजेन्सी

सम्बन्धित खबरहरु