काठमाडौं । बेङ्गालुरूको एक तालमा प्रदुषित पानीका कारण हजारौँ माछाहरू मरेको अवस्थामा सतहमा तैरिएका स्थानीय नल्लुराहल्लीका अधिकारीले बताएका छन् ।


भारतीय कर्नाटक राज्यको राजधानी बेङ्गालुरूको नल्लुराहल्लीमा रहेको उक्त तालमा पानी प्रदुषण भै विगत चार दिनदेखि माछा मरेका र बिरामी परेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तालको पानी एक्कासी प्रदुषित हुँदा हजारौँ माछाहरू मरेका छन् भने सयौँ अन्य गम्भीर विरामी बनेका प्रत्यक्षदर्शीले बताएका छन् । यसका कारण ह्वाइटफिल्ड क्षेत्रको मुटुमा रहेको सामुद्रिक पर्यावरणमा समस्या देखिएको र यसको प्रभाव थप भयावह हुनसक्ने स्थानीयहरूलाई उद्धृत गरी बेङ्गालुरू प्रहरीले बताएको छ ।

स्थानीय माझीहरूले मरेका माछाका कारण तालमा रहेका अन्य माछाको स्वास्थ्यलाई पनि प्रभाव पार्नसक्ने भन्दै विगत तीन दिनमा केही टन माछाहरूलाई तालबाट निकालेर व्यवस्थापन गरेका छन् । तालमा माछा मर्ने क्रम गत चारदिनदेखि शनिबारसम्म जारी रहेको बताइएको छ । एएनआई

सम्बन्धित खबरहरु