काठमाडौं । पुर्व प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर–पांगा क्षेत्र आफ्नो माइतीघर भन्दा कम नभएको बताउनु भएको छ । आज आयोजित एक कार्यक्रममा प्रचण्डले कीर्तिपुरसँग आफ्नो गहिरो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

पञ्चायती शासन व्यवस्थाविरुद्ध आन्दोलन गर्दा भूमिगत रुपमा बस्ने, संगठन बनाउने काम गरेको स्मरण गर्दै उहाँले भने, कीर्तिपुर, पागाँ आउँदा माइती आए जस्तो लाग्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘मेरो माइती घर नै हो भने जस्तो लाग्छ ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उहाँले पहिलो संविधानसभामा कीर्तिपुरबाट जितेर नै आफूले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर पाएको स्मरण पनि गर्नुभयो । प्रचण्डले कीर्तिपुरका विकास निर्माणका कामहरुमा पहल गर्ने आश्वासन समेत दिनुभयो ।

सम्बन्धित खबरहरु