काठमाडौं । लामो समय देखि चर्चाको रुपमा रहेको बसको टिकट बुकिङ खुला हुने भएको छ । जानकारी अनुसार भोलिबाट बसको टिकट बुकिङ खुला हुने भएको हो । यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि टिकट अग्रीम बुकिङ सुरु गर्न लागेका हुन् ।

[caption id="" align="aligncenter" width="2000"] File Photo[/caption]

लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ सुरु हुन लागेको जानकारी दिइएको छ । नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ला गरिने भएको छ । जसअनुसार कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगायतका स्थानमा अग्रिम बुकिङ सुरु गर्ने बताइएको छ ।

आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबै यात्रुलाई अनुरोध गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु