काठमाडौं । जिल्ला अदालत सप्तरीले बालिकासँग यौ'न दुव्र्य'वहार गरेको कसुरमा ७० वर्षीय वृद्धलाई आज कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलाशले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बर्साइनका खुशीलाल रजकलाई कैद र जरिवानाको फैसला गरेको अदालतले जनाएको छ ।


अभियुक्त रजकलाई तीन महीना कैद र रु ३० हजार जरिवानाको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दीलकुमार बर्देवाले बताउनुभयो । अदालतको फैसलामा भनिएको छ, “मुलुकी अपराध संहिता २०७४ को दफा १२४ (१) र (२) को कसूर गरेको देखिँदा सोही ऐनको दफा १२४ (३) बमोजिम आरोपितलाई तीन महीना कैद र ३० हजार जरिवाना हुने ठहर्छ ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

रजकमाथि बाटामा हिँडिरहेकी किशोरीलाई गत भदौ ७ गते घरभित्र लगेर हातपात गरी यौ'न दुव्र्य'वहार गरेको आरोप छ । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०७५ भदौ ८ गते उजुरी दिएपछि प्रहरीले पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडि बढाएको थियो । रासस

सम्बन्धित खबरहरु