काठमाडौं । नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन् । पढाइका विषय छन्–चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगिकरण, सहरीकरणलगायत । साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन् ।

‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन् । युनान प्रान्तको कुनमिङस्थित ‘युनान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स’ मा चिनियाँ विशेषज्ञ र प्राध्यापकले तिनलाई पढाउने गरेका छन् । कक्षा बिहान र अपराह्न गरी दुई चरणमा दैनिक हुन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

यो पनि हेर्नुहोस्, नेपाल प्रहरीले उपत्यकाभित्र हुने आपराधिक गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडानको कामलाई तीव्रता दिएको छ । एक वर्षको अवधिमा प्रहरीको सक्रियतामा ११ सयभन्दा बढी क्यामेरा उपत्यकामा थप जडान गरिएको छ। अब उपत्यकाभित्र जडान भएका सिसी क्यामेराको संख्या १६ सय पुगेको छ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रहरीले जनशक्तिसँगै उपत्यकाभित्र हुने गतिविधिको निगरानी गर्न सिसी क्यामेराको संख्या थप गरेको हो। समुदाय–साझेदारी कार्यक्रम अघि बढाएसँगै उपत्यकामा स्थानीय सरकारले सिसी क्यामेरा जडानलाई तीव्रता दिएको हो।

प्रहरीको आग्रहमा महानगरपालिका र नगरपालिकाहरूले सिसी क्यामेरा जडान गर्नका लागि आर्थिक सहयोग गर्ने क्रमलाई प्राथमिता दिएका छन्। उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरको मुख्य–मुख्य चोकहरूमा सिसी क्यामेरा जडान गरिएको छ।

जडान भएको सिसी क्यामेराको निगरानी महानगरीय प्रहरी कार्यालय रानीपोखरीले र विभिन्न प्रहरी कार्यालयले निगरानी गर्दै आएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

सम्बन्धित खबरहरु