काठमाडौं । कैलालीको गौरीगङ्गा नगरपालिका—५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको ह'त्या गरी आत्मह'त्या गरेका छन् । नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया छोरी अनुष्कालाई वि'ष सेवन गराएर ह'त्या गरी आफूले पनि वि'ष सेवन गरी आत्मह'त्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

[caption id="" align="aligncenter" width="900"] File Photo[/caption]

सुतेको कोठामा राति असामान्य आवाज सुनिएपछि ढोका खोली हेर्दा बे'होस् अवस्थामा फेला परेका कलेललाई तत्काल सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

गएको जेठ महीनामा कलेलकी श्रीमती सरिताले आफ्नै पसलमा आत्मह'त्या गरेकी थिइन् । श्रीमतीको आत्मह'त्याको घटनालाई लिएर माइती पक्षले दिएको आत्मह'त्या दुरु'त्साहनको मुद्दापछि पक्राउ परी पूर्पक्षका लागि कारागार चलान गरिएका कलेललाई जिल्ला अदालतले साउन २२ गते निर्दोष रहेको फैसला सुनाएको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसैबीच कैलालीको भजनी नगरपालिका—७ भुरुवा गाउँका ५३ वर्षीय डल्लु डगौरा नजिकैको मोहना नदीमा आज डु'बेर बे'पत्ता हुनुभएको छ । भैँसी चराउन गएका बेला यो घटना भएको र उहाँको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ । रासस

सम्बन्धित खबरहरु