काठमाडौं । नेपालमा अहिले चिनियाँ राष्ट्रपति आउँने कुराले चर्चा पाएको छ । सरकारले त्यही खालको तयारी थालेको छ । यो बीचमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चिनियाँ कम्युनिष्ट पार्टीको भ्रातृ संस्था जस्तो भएको आरोप लगाउनु भएको छ ।

[caption id="" align="aligncenter" width="2048"] File Photo[/caption]

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस प्रमुख सचेतक खाँडले अहिले नेपाल कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीको आर्थिक मोडालिटी मात्र नभई राजनीतिक मोडालिटी पनि उस्तै भएको दावा गर्नुभयो ।

चिनियाँ कम्युष्टि पार्टीको विचारलाई अगाडि बढाउन तालिमको सुरुवात गरिएको धारणा राख्नुभयो । चिनियाँ पार्टी कसरी चलेको छ, कसरी नियन्त्रण गरेको छ भनेर नेकपालाई प्रशिक्षण दिन चिनियाँ कम्युनिस्ट पार्टीका विज्ञहरु आएको उहाँले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उहाँले भन्नुभयो, ‘कुनै पार्टीसँग भाइचारा सम्बन्ध हुनसक्छ, देशहरुसँग मैत्रीपूर्ण सम्बन्ध हुन्छ तर त्यो मुलुकमा जस्तो खालको शासन व्यवस्था छ, हुबहु अर्को मुलकमा हुनुपर्छ भन्ने मान्यता नै अलोकतान्त्रिक हो, अप्रजातान्त्रिक र राष्ट्रघाती हो ।’ उहाँले नेकपा अगाडि बढेको बाटो नेपाली जनता र राष्ट्रवादका लागि चिन्ताको विषय भएको उल्लेख गर्नुभयो ।

सम्बन्धित खबरहरु