विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले (आइतबार) “प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” २०७६ प्रमाणीकरण गरेका छन् ।

भदौ २६ गते बसेको प्रदेशसभाको बजेट अधिवेशनको ४८ औं बैठकले विधेयक सर्वसम्मत पारित गरेको थियो । प्रमाणीकरणको लागि आएको विधेयक संविधानको धारा २०१ बमोजिम तुम्बाहाङले प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहारले जानकारी दिएका छन ।

हालसम्म सवारी विधेयकसहित प्रामाणीकरण भएका विधेयकको संख्या ४१ पुगेको छ । राजपत्रमा प्रकाशित भएपछि यो ऐनका पुर्णरुपमा लागु हुनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

एक सय ८१ दफा र ७ अनुसूची रहेको विधेयकमा चालक अनुमति पत्र , नवीकरण, सवारी दर्ता, नामसारीलाई व्यवस्थित, मर्यादित, अनुशासित गरी संचालन र नियमन गर्र्ने उल्लेख गरिएको छ । सरकारी, संस्थान, कुटनीतिक र नीजि सवारी साधनका धनीले पाँच वर्षको नविकरण एकै पटक गर्न चाहेमा कुल रकमको १० प्रतिशत छुट दिने व्यवस्था छ ।

यस्तै दुई पाङ्ग्रे सवारी साधनका सवारी धनीले १० वर्षको नविकरण एकै पटक गर्न चाहेमा १० प्रतिशत छुट दिने विधेयकमा व्यवस्था छ । म्याद सकिएको तीन महिनाभित्रमै चालक अनुमति पत्र नवीकरण गर्नुपर्ने छ । तर पाँच वर्षसम्म पनि नगरे अनुमति पत्र स्वतः खारेज हुने व्यवस्था छ ।

चालक अनुमति पत्र म्याद नाघेको एक वर्षभित्र नवीकरण गरेमा १ सय प्रतिशत, २ वर्षमा २ सय प्रतिशत ,३ वर्षमा ३ सय प्रतिसत , चार वर्षमा चार सय प्रतिशतसम्म जरिवाना लिने विधेयकले व्यवस्था गरेको छ । रासस

सम्बन्धित खबरहरु