काठमाडौँ, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख (मन्त्री) साङ ताओ नेतृत्वको प्रमण्डलले भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा चिनियाँ नेताहरुले आफूहरु चीनका राष्ट्रपति सि जिनफिङको नेपालमा चाँडै हुने भ्रमणको तयारीका क्रममा नेपाल आएको जनाउँदै नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पमा सघाउने वचन दिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रधानमन्त्री ओलीले चिनियाँ पाहुनालाई स्वागत गर्दै राष्ट्रपति सिको भ्रमणको तयारी भइरहेको र भ्रमण सफल रहनेमा विश्वस्त रहन आग्रह गर्नुभएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका साथ उहाँका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार डा कुन्दन अर्याललगायतको सहभागिता थियो । चिनियाँ पक्षमा नेता ताओका साथ नेपालका लागि चिनियाँ राजदूतको पनि उपस्थिति थियो ।

सम्बन्धित खबरहरु