काठमाडौं । पाकिस्तान महिलाहरुका लाागि अन्य देशहरुको दाँजोमा कडा भएको समयसमयमा ब्याख्या हुने गर्दछ । पुर्व नोबेल शान्ति पुरस्कार जितेकी मलाला युसुफ पनि पाकिस्तानी नै हुन । उनले महिलाहरुले पनि पढ्न पाउनुपर्छ भन्ने आवाज उठाउदा पटकपटक चरमपन्थी हमलाको शिकार हुनु परेको थियो ।

 

 

यो बीचमा अहिले अर्को घटना बाहिर आएको छ । पाकिस्तानको सरकारी एयरलाइन्सले आफ्ना दुई एयरहोस्टेसलाई टिकटक भिडियो सेयर गरेको भन्दै अब यस्तो नगर्न चेतावनी दिएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोमा देखिए अनुसार ती एयरहोस्टेस फिल्मी डायलग वा गितमा टिकटक भिडियो बनाइरहेकी छिन् ।

 

 

 

एक भिडियोमा उनीहरु एयरपोर्टमा थिए जबकी दोस्रो भिडियो उडानको क्रममा बनाइएको हो । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सका प्रवक्ता मशहुर ताजवरले ड्युटीको क्रममा पोशाकमा नै भिडियो बनाएका कारण यी दुई क्याबिन क्रुलाई वार्निङ (चेतावनी) दिइएको जानकारी दिए ।

 

 

 

पिआईका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा यी महिला पिआइएमा आफ्नो करियरको सुरुवात गरिरहेको र उनीहरुविरुद्ध कुनै अन्य कुनै उजुरी नभएको बताएका छन् । त्यसकारण उनीहरुलाई जागिरबाट बर्खास्त गर्नुको साटो चेतावनी मात्र दिइएको उनको बुझाई रहेको छ ।

 

 

उनीहरुले पोशाकमा नै टिकटक भिडियो बनाएका थिए । पुरुष एयरहोस्टेसलेपनि पाइलटको ड्रेस लगाएर साथ दिएका थिए । उनीहरुको भिडियोले पेसालाई नै बदनाम गर्न खोजेको भन्दै आपत्ति जनाइएको थियो । यद्यपी भिडियोमा भने फिल्मी लभ स्टोरीमा पाइलट र नर्सको प्रेम देखाउन खोजिएको थियो । एजेन्सी

 

 

 

सम्बन्धित खबरहरु