दशैँको बेला यस्तो हुँदैछ मौसम, विज्ञले दिए यस्तो चेतावनी


काठमाडौं । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ ।

File Photo

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अझै दुई साता मनसुन सक्रिय रहने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । “मनसुन सक्रिय भए पनि निरन्तर भारी वर्षाको सम्भावना छैन, देशभर हल्का र छिटपुट वर्षा हुनेछ”, उहाँले भन्नुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पश्चिम नेपालबाट पूर्वी नेपालतर्फ जलवाष्पयुक्त हावा सर्दै जानुलाई मनसुन सकिने सङ्केतका रुपमा लिने गरिन्छ । केही दिनअघि देखि अरेबियन तथा बङ्गालको खाडीबाट जलवाष्प निरन्तर आइरहेकाले मनसुनको समय लम्बिने सम्भावना छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनका साथै हल्का वर्षा भइरहेको छ । रासस

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता