काठमाडौं । हिन्दुहरुको महान चाड विजया दशमी नजिकिदै गरेको छ । क्षेत्री समाज नेपालले नेपालीहरुको महान पर्व बडादशैँलाइ मध्यनजर गर्दै दसैंको पहिलो दिन घटस्थापनामा सार्वजनिक बिदा दिन माग गरेको छ । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै क्षेत्री समाजले गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा र प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीलाई भटेर ज्ञापनपत्र बुझाएका छ ।

देशमा अहिले विद्यमान विकृति, विसङ्गति, विभेद् तथा राष्ट्रिय स्वाभिमान एवं नेपालीबीचको एकता र सद्भावका निम्ति आत्मबल तथा मनोवैज्ञानिक शक्ति आर्जनको माध्यमका रूपमा लिँदै आएको घटस्थापनाको दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउनका लागि उक्त दिनमा सार्वजनिक बिदा दिन गरेको छ । क्षेत्री समाज नेपाल कास्कीका अध्यक्ष पद्मबहादुर कार्कीले अघिल्लो वर्षदेखि सरकारले बिदा कट्टा गरेको हुँदा यसलाई पुनःस्थापित गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताउँनु भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु