सोनिका रोकाया । आज विश्वमा फेक(भ्रमपुर्ण)समाचारले जरा गाडेको छ । बढ्दो सामाजिक सञ्जालको प्रयोगले मान्छेहरुलाई सही वा गलत छुट्याउन फुर्सद हुँदैन । कसैले लेखेको देखेपछि हामी पनि विश्वास गर्न थाल्छौं । यसको असर भारत पाकिस्तान यहाँसम्म कि अमेरिकामा पनि पर्न थालेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक फेक न्युज मिडिया भनेको हामीले सुन्दै आएका छौं । उहाँको भनाइको अर्थ के भने मान्छेहरु मिडियामार्फत प्रपोगान्डा फैलाउने कार्य गरिरहेका छन् ।

एकल होस वा संयुक्त रुपमा यस्ता प्रयासहरु भइरहेका छन् । भारतका चर्चित पत्रकार रविश कुमारले पटकपटक टिभी हेर्न बन्द गर्नुहोस् भन्दै आएको कुरा पनि धेरैको कानमा परेको हुनुपर्छ । सर्वसाधारणको दिमागमा मान्छेहरु आफुले चाहेको कुरा भर्न चाहान्छन् ।

कुनै पनि कुरा गलत नै भए पनि धेरै जनाले पटकपटक भन्न थालेपछि सत्यजस्तो लाग्छ तर वास्तवमा त्यो सत्य हुँदैन । नेपालमा पनि अहिले धर्म, जात र सप्रदायजस्ता कुराहरुलाई लिएर मान्छेहरुले फरकफरक धारणा पेश गर्दै आएका छन् ।

पश्चिमाहरुले छर्ने गरेको भ्रमका कारण आज नेपालमा धर्म परिवर्तन एक गम्भीर समस्याको रुपमा देखा परेको छ । दुःखद कुरा के भने यस्तो काममा हामीहरुबाट नै कोही एकजना लागि परेको हुन्छ ।

आज विश्वमा जुन प्रकारले पश्चिमा भन्दा पनि सरल अर्थमा अमेरिकीहरुले आफ्नो भाषा, संस्कृतिलाई नेपाल लगायतका मुलुकहरुमा आक्रामक रुपमा फैलाएका छन् । नेपालजस्ता देशहरुको भाषा, धर्म र संस्कृति भनेको इतिहास नै समाप्त पार्ने खेलमा केही व्यक्तिहरु परिचालन भएको कुरा आफैंमा अर्को दुःखद हो ।

हालैं मात्रै अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी राष्ट्रपतिले भारतका पिताको उपनाम दिएका छन् ।भारतीय एकताका लागि भारतको निर्माणको श्रय महात्मा गान्धीलाई जानुपर्नेमा ट्रम्पले मोदीको नाम लिए । मोदी भन्दा पहिलेको इतिहास के भारतमा समाप्त भएको हो त ? अहिले यो कुरालाई लिएर भारतमा चर्चा सुरु भएको छ ।

नेपालमा पनि आज हामीले विभिन्न काल खण्डहरुमा भएका आन्दोलन र त्यसमा महत्वपुर्ण भुमिका खेल्ने महान योद्धाहरुलाई भुल्न खोजिरहेका छौं । नेपाल एकिकरणका लागि पृथ्वी नारायण शाहले देखाएको बाटो हामीले बिर्सेका छौं भन्दा फरक नपर्ला । अरु धेरै कुराहरुमा हामी नेपालीहरुले विभिन्न परिवर्तनका नाममा सम्झौता गर्दै आएका छौं । एउटा प्रश्न हामी आफैंलाई के हामीले आफ्ना पुर्खा वा इतिहासलाई मेटेर नयाँ नेपाल निर्माण गर्न सक्छौं ?

के एक सन्तानका लागि मातापिता भुलेर नयाँ जीवन सुचारु गर्नु राम्रो हुन्छ ? कदापि पनी हुँदैन जस्ले आफ्ना मातापिताको आदार वा कदर गर्दैन त्यसलाई सन्तान भएको भनिदैन त्यो त निःसन्तान भएको भन्दा पनि डरलाग्दो हो । नेपाल पनि के आज त्यही बाटोमा उभिएको हो ? वर्षौ देखि गाईलाई आस्थामा रुपमा मान्दै आएका नेपालीहरुले आज सरकारी पक्षबाट नै गाइलाई मासुको रुपमा प्रयोग गर्ने खालको अभिव्यक्तिको सामना गर्नुपरेको छ ।

कुनै पनि देशले उसको राष्ट्रिय जनवारलाई सम्मान गर्छ तर नेपालमा सामुहिक रुपमा भिरबाट खसाल्ने देखि लिएर अनेक प्रयत्नहरु भइरहेका छन् । वर्षौ देखि मिलेर बसेको समाजमा अहिले जात, धर्म, सम्प्रदायजस्ता कुराहरुमा विवाद भइरहेको छ । संसदमा वा सडकमा समयसमयमा यो जातिलाई हेप्यो, हाम्रो धर्म संकटमा छ, अनी हाम्रो क्षेत्रलाई विभेद गरियो भन्ने त सुन्नु भएको होला ? आखिर यो सब किन भयो यसको जवाफ खोज्न कहाँ जाने ?

केही सिमित व्यक्तिहरुको स्वार्थका लागि जनता भिड्नुपर्ने अवस्थाको अन्त्य कहिलेसम्म होला ? जसले जनता लडाएर शक्तिमा पुगेको छ उसले आफ्ना नातागोता र आफु निकटका व्यक्तिहरुलाई उच्च पदमा पुर्याएको छ । यहाँ सोध्न मन लाग्छ के जनतामा क्षमता नभएको नै हो त ? जनता अहिले पनि खाडीमा रगत पसिना बगाइरहेका छन् तर हिजो उनीहरुका लागि सुनौला दिन आउँछन भन्नेहरुले आफ्नो सम्पुर्ण विगत बिर्सेका छन् । यसरी त नेपाल कहिले पनि उठ्न सक्दैन, यो कुरा लेखेर राख्नुभए पनि हुन्छ ।

जबसम्म हामी व्यक्तिगत र पारिवारीक स्वार्थ भन्दा माथि उठ्न सक्दैनौं तबसम्म जनताको जीवनस्तर उकास्ने भन्ने कुरा आकाशको फल आँखा तरि मर भनेको जस्तै हो । आजका दिनमा हरेक नेपालीले यो सोच्नुपर्छ कि आफुले भोट दिएर पठाएको नेता कहाँ पुग्यो ? उसका आफन्तहरु कहाँ के गरिरहेका छन् ? हरेक सच्चा नेपाली जनताले यस्तो कुराहरुको जवाफ माग्ने हैसियत बनाउनुपर्छ । आफुले दिएको कर कहाँ खर्च भइरहेको भन्ने हिसाब जनतालाई त्यो देशको सरकारले नै दिनुपर्छ ।

https://twitter.com/ChinaDaily/status/1034999230312660992

म यहाँ भ्रमपुर्ण समाचारका बारेमा कुरा गर्दै थिए । तर्पाइलाई अहिले चलिरहेको वर्तमानका बारेमा बताउन चाहान्छु । मैले सामाजिक सञ्जालमा खोटाङ जिल्लामा निर्माण भइरहेको एक विमानस्थल भन्दै चीनको तस्बिर राखेको थाहाँ पाए । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन युवा संघ नेपालका सह–संयोजक लगायतलाई ट्याग गरेर राखिएको एक स्टाटस देखेपछि मलाई केही लेख्न मन लागेको हो । एक बिजय अधिकारी नाम भएका शिक्षीत युवाले लेखेको स्टाटस अनी तस्बिर हेर्नुहोस् ।

ल हेर्नोस पहाडमा समृद्धि !
कति धेरै रमणिय रहेछ खोटाङ लामिडाँडा बिमानस्थल !
अब गुटुङटुङ जाने हो खोटाङको लामिडाँडा ! यति राम्रो विमानस्थल नेपालमै रहेछ , जिउँदै छदै स्वर्गको टुक्रा यो मुलुकका हरेक भुभागमा भर सक टेक्न पाए म धन्य हुनेथिएँ । खोटाङ्गे जनप्रतिनिधिहरु प्रति विशेष आभार ! (नोटः मेरो पुर्खा पनि खोटाङकै हुन , ज्यामिरे रावाखोलाका)लगाब र झुकाब त रहनेनै भयो ! फोटो साभार ः सामाजिक संजाल ! उहाँले यो कुन अर्थमा लेख्नु भएको मलाई थाहा छैन ।

https://twitter.com/XHNews/status/1162564013382930432

उहाँले मात्रै नभई धेरै जनाले यो तस्बिर राख्नु भएको छ । सोच्नेहरुले सोचे होलान् ए यो त रहेछ खोटाङ लामिडाँडा बिमानस्थल पो रहेछ । तर गहिरोसँग सोच्नेहरुले आफुलाई मुर्ख बनाइरहन सक्दैनन् । म तपाईलाई यो तस्बिरबारे बताउँछु जुन मैले अनुसन्धान पश्चात थाहा पाए । यहाँ देखाइएको तस्बिर नेपालको होईन यो त चीनको चोंगचिंग वुशान एयरपोर्ट (Chongqing Wushan Airport) पो हो ! यो हालैका वर्षहरुमा मात्रै सञ्चालनमा आएको हो ।

https://twitter.com/XHNews/status/1162612434970042368

https://twitter.com/biyanpal5/status/1176425721683558401

https://twitter.com/SannuKhatiwada/status/1176101558242562048

सम्बन्धित खबरहरु