काठमाडौं । चाडबाड नजिकिँदै गर्दा भारतीय खसी तस्करी बढ्दो छ । व्यावसायीका अनुसार खुला सिमानाका कारण भारतीय व्यवसायीहरुले चराउने बहानामा खसी नेपाल भित्र्याउँदै तस्करी गरेको जानकारहरु बताउँछन् ।

चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष भानुभक्त पराजुलीका अनुसार हाल दैनिक ३०० देखि साढे तीन सय भातरीय खसी अवैधरुपमा भित्रिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

‘बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, रुपन्देहीलगायत जिल्लाबाट बढी भित्रिएका छन्,’ पराजुलीले भने,‘ती जिल्लामा मेसिनले पाठापाठी जन्माए जसरी खसीबोका बढेका छन् ।’

चोरी तस्करीबाट आयात भएका खसीबाट उपभोक्ताहरु गुणस्तरसँगै मूल्यमा पनि मारमा पर्ने उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यो पनि, नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकातालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा सुचारु हुन सकेको छैन ।

गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन । रेल चल्न भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सीमित भयो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्ने बताएका छन् । ‘रेल सेवा सुचारु गर्न कम्तीमा २ सय कर्मचारी चाहिन्छ तर कर्मचारी छैन’, महानिर्देशक मिश्रले भने, ‘कर्मचारी भर्ना प्रक्रिया र रेल इन्जिन नेपाल ल्याउन केही महिना लाग्छ, तर अब ढिलो हुँदैन । मंसिरमध्यसम्म रेल चल्छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

सम्बन्धित खबरहरु