शक्तिशाली भुकम्पपछि विज्ञले दिए यस्तो डरलाग्दो चेतावनी


काठमाडौं । इन्डोनेसियाको दुर्गम मुलुक द्वीपमा बिहीबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली उद्धार संस्थाहरुका अनुसार भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु भएको र अरु केही व्यक्ति घाइते भएका छन् ।

निकै शक्तिशाली भए पनि यस भूकम्पका कारण समुद्रमा सुनामी आउने सम्भावना नरहेको इन्डोनेसियाली भूकम्प मापन केन्द्रले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

स्थानीय समयानुसार बिहान करिब ८:४५ बजे भूकम्प आएलगत्तै मानिसहरु आत्तिएर घरबाहिर निस्केका थिए । स्थानीयबासीका अनुसार भूकम्पका कारण घरहरु निकै जोडसँग हल्लिएका थिए ।

करिब चार लाख मानिसको बसोबास रहेको आम्बोन शहरमा घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ । टेलिभिजन फुटेजहरुमा घरका पर्खालहरु भत्किएको र मानिसहरु उपचारका लागि भौंतारिरहेको देखिएको छ ।

अमेरिकी भूगर्भ विभागका अनुसार मालुकु प्रान्तको आम्बोन शहरबाट करिब ३७ किलोमिटर उत्तरतर्फ उक्त भूकम्पको केन्द्र विन्दु रहेको थियो । इन्डोनेसियाली भूगर्भ विभागका प्रमुख रहमत ट्रियोनोले मुख्य भूकम्पपछि अरु एक दर्जन परकम्प गएको र एउटा परकम्प ५।६ म्याग्नीच्यूडको पनि गएको बताउनुभयो । एएफपी

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता