काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडान नियमित नहुँदा भारतबाट फर्कने नेपाललीले सास्ती बेहोर्नुपरेको छ । उपचारका लागि दिल्ली आएका नेपालीसँगै दसैं, तिहार र छठसम्म बिदा मनाउन घर फर्कने तयारीमा रहेकाहरुमा चिन्ता बढेको छ ।

[caption id="" align="aligncenter" width="3680"] File Photo[/caption]

निगमले दिल्ली–काठमाडौं दुई उडान गर्दै आएको थियो । बिहान एयर बसको न्यारो बडी र साँझ एयरबसकै वाइड बडी सञ्चालनमा थियो तर निगमका दुईवटा वाइडबडी मध्ये कलसाइन नाइन एन एलवाई वाइड बडी ग्राउन्डेड भएपछि निगमको दैनिक उडान तालिका प्रभावित हुन थालेको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

निगमको न्यारो बडीको १५८ र वाइडको २७४ यात्रु बोक्ने क्षमता छ । यस्तै, दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दसैंको मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् ।

पूर्व, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना पाउने गरेको बताए । काठमाडौंबाट नजिक रहेका जिल्लाहरुका लागि भने शुक्रबारबाट टिकट बुकिङ खुल्दै छ ।

पोखरा जाने यात्रुले सुन्धरा र नयाँ बसपार्कबाट टिकट लिन पाउनेछन् । गोरखाका लागि पनि शुक्रबार नै टिकट खुला भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित खबरहरु