काठमाडौं । ललितपुर र दाङबाट ११ जना पक्राउ परेका छन् । ड्राईभिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका ४ नख्खुस्थित चितवन घर भएका अर्जुन सापकोटाको प्याराडाईज ड्राईभिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ६ जनालाई पक्राउ गरेको हो ।

[caption id="" align="aligncenter" width="1224"] File Photo[/caption]

उनीहरुलाई नगद ५९ हजार ९ सय ७५ रुपैयाँ र तीन बुक तास सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका ६ गाईडर बस्ने भिमसेन लहरेको घरमा जुवातास खेलिरहेको अवस्थामा भिमसेन लहरे समेत पाँच जनालाई नगद ६१ हजार २ सय १० रुपैयाँ र चार बुक तास सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु